बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

प्रदूषण नियन्त्रण गर्ने समझदारी पत्रमा हस्ताक्षर

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • ०७amउस० साल माघ १० गते माइतीघर७३हद्दण्ज्ञघसकोटेश्वर सडक खण्डको नया७३हद्दण्ज्ञअस बानेश्वरमा कालोपत्रे गर्ने तयारी गर्दा उडेको ध्ुलोबाट बच्न दौड७३हद्दण्ज्ञअसदै पैदलयात्री । पृष्ठभ्७त्रगयतसमिमा यो रुट भएर चल्ने सवारीहरु । मानिसहरुको आवत जावत तीव्र ह्ुने समयमा म्ुल सडकको निर्माण कार्यले र्सवसाधरणहरु यस्ता समस्या भोग्न बाध्य भएका ह्ुन्् ।

    काठमाडौँ उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रणका लागि विस्तृत अध्ययन गर्न जनसंख्या तथा वातावरण मन्त्रालय र जर्मनीको ईन्स्टिीच्युट फर एडभान्स्ड सस्ट्यान्याबल्टी स्टडिज संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    हस्ताक्षर गर्न शुक्रबार काठमाडौंमाआयोजित कार्यक्रममा वातावरण मन्त्री जयदेव जोशीले नेपालको विकासमा जर्मनी सरकारले गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगको प्रशंसा गर्दै यस समझदारी पछि काठमाडौँको प्रदुषण नियन्त्रणका लागि नयाँ उपाय पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा मन्त्रालयका सचिव विश्वनाथ ओलीले विकासका गतिविधि अघि बढाउँदा वातावरणका विषय कम प्राथमिकतामा पर्ने गरेको गुनासो गर्दै वातावरण विग्रदा उत्पन्न हुने समस्या दिर्घकालीन हुने भएकाले यस तर्फ समयमै सबैको ध्यान जान आवश्यक रहेको बताए ।

    उक्त समझदारी पत्रमा मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल र सो संस्थाका प्रो. मार्क लरेन्सले हस्ताक्षर गरेका थिए । समझदारीअनुसार भक्तपुरको बोडेमा अनुसन्धान केन्द्र स्थापना गरी काठमाडौँ उपत्यकाको बढ्दो प्रदुषण र त्यसले पार्ने प्रभावका बारेमा विस्तृत अध्ययन गरी दिर्घकालीन समाधानको उपाय पहिल्याउने बताइएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij