बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बेलिब्रिज निकालियो, राजधानीसँग यातायात विच्छेद

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २०, २०७४



  • खोटाङ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएसँगै खोटाङ सडक यातायात सम्पर्कबाट विच्छेद भएको छ ।

    बाटोमा पार गर्नुपर्ने खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज शुक्रबारदेखि हटाउन थालिएसँगै यो जिल्ला सडक सञ्जालबाट अलग्गिएको हो ।

    गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा रहेको बेलिब्रिज निकालिएसँगै जिल्लाबाट तराई जाने र आउनेक्रममा दुई ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ ।

    दूधकोसीस्थित जयरामघाटमा पुलको अभावमा हरेकवर्ष अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । बाटोमा पर्ने दूधकोसीको बेलिब्रिज निकालिएपछि जिल्लाबाट काठमाडौँ तथा कटारी हुँदै धरान, विराटनगर, झापा, जनकपुरलगायतका पूर्वी सहर जान र आउनका लागि जयरामघाटमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता सुरु भएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए ।

    दूधकोसीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणकार्य थालेको नौ वर्षमा पनि पूरा हुनसकेको छैन । अस्थायी बेलिब्रिज झिकिएपछि तराईबाट जिल्ला भित्रिने दैनिक उपभोग्य सामान दूधकोसीमा भरियामार्फत गाडीबाट झारेर नदी तार्नुपर्ने र पुनः गाडीमा राख्नुपर्ने समस्याले त्यसको मूल्य बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र मयालुले बताए ।

    “बेलिब्रिज झिकिएसँगै जिल्लावासीको कष्टको दिन सुरु भयो,” उहाँले भने, “लामो समयदेखि भोग्दै आएको समस्या समाधानतर्फ कसैको ध्यान गएको छैन ।”

    करिब एघार वर्षअघि हेलिकोप्टरमार्फत गाडी ल्याएर यातायात सेवा सञ्चालन गरिएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।

    विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक ६० लाख भन्दा बढी राज्य कोषको रकम खर्च हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij