बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

जिरीमा केबुलकार र नगरबस संचालन गरिने

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • दोलखा । दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।

    उनले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि बताए ।

    जिरीको पर्यटन विकासका लागि अव जिरी नगरपालिकाको विभिन्न तीन ठाउँमा बौद्ध धर्मावलम्बीको कुसुम अर्थात तीन वटा भगवानको मूर्ति निर्माण गरेपछि वडा नं– ३ पटासेमा १२० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गरिने र त्यहाँ पुग्नका लागि जिरी बजारबाट केबुलकार सञ्चालनमा ल्याउने योजना नगरपालिकाकाको रहेको प्रमुख जिरेलले बताए ।

    पर्यटन विकासका लागि एक सय २० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गर्ने चर्चा चलेको बर्षौ वितिसकेको छ तर अहिलेसम्म त्यहाँको माटो परीक्षणसमेत हुनसकेको छैन ।

    मनसुनको अन्त्य भएसँगै विशेषज्ञ प्राविधिकबाट त्यहाँको माटो परीक्षण गराउने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

    शाक्यमुनी बुद्धको मूर्ति जिरी नगरपालिका– ६ बुलडाँडामा निर्माण सम्पन्न भइसकेको छ भने कुसुममध्येको अर्को चेनरेजिक अर्थात लोकी शोरया भगवानको मूर्ति खावाडाँडामा निर्माण गर्ने लक्ष्य रहेको प्रमुख जिरेलले बताए ।

    यसरी तीन वटा अग्लो डाँडामा यी काम सम्पन्न गर्न सकिए साँच्चिकै पर्यटन विकासले ठूलो फड्को मार्न सकिन्छ, उनले भने– “यसपछि जिरीको ध्यान विश्व समुदायमा केन्द्रीत हुने र संसारभरका बुद्धमार्गी जिरी आउने विश्वास छ ।”

    जिरीमा लामो समयदेखि नियमित यात्रुबाहक बस सञ्चालनमा छन् । तर जिरी बजारबाहेक गाउँ÷गाउँमा भरपर्दो र पक्की सडक नहुँदा हिउँदमा धुलम्य र वर्षामा हिलम्य हुनेगरेको छ । जसका कारण सडक भएर पनि नगरवासी पैदाल हिँड्न बाध्य छन् ।

    तर अव नगरपालिकाको विभिन्न ठाउँबाट नगर बस सञ्चालमा ल्याएर नगरवासीको दुःख र पीडालाई सम्बोधन गर्ने दावी प्रमुख जिरेलको छ ।

    नगर बस सञ्चालनमा ल्याउन सकियो भने नगरवासीको लागि मात्रै नभई सिङ्गो नगरको पर्यटन विकासमा टेवा पुग्छ, उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij