शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  •  नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ ।

    सोही क्रममा आज सप्तरी जिल्लास्थित नेपाली सेनाको कृष्णदल गणले सोही जिल्लाको कोर्वसाइन गाविस–४ र ५, कौलावी गाविस–७ र ८ तथा रामपुर मटहनिया गाविस–५ का बाढी पीडित ३६१ परिवारलाई सैनिक श्रीमती सङ्घद्वारा सहयोगस्वरुप प्राप्त भएको खाद्यान्न, कपडा तथा २५० थान मण्डी वितरण गरेको छ ।

    त्यसैगरी, आजै प्यूठान जिल्लास्थित गोरखबक्स गणले सोही जिल्लाको फोप्ली, लुङ, खवाङ, पुजा, अर्खा र माझकोट गाविसको बाढीपहिरो पीडित ९४ घर परिवारलाई सैनिक श्रीमती सङ्घद्वारा सहयोगस्वरुप प्राप्त खाद्यान्न, कपडा तथा ९४ थान मण्डी वितरण गरेको छ ।

    साथै, फोप्ली–३ का सवै आफन्त पहिरोमा गुमाएका बालिका सेमी पुन र छेमी पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आजै प्यूठान जिल्ला सदरमुकाम खलङगाको सेफ हाउसमा ल्याएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij