शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रुपैयाँका ५ दाना पनि नबिकेपछि भैसीलाई स्याउ

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • काठमाडौं  ।    तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ।- त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् ।

    पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेको  छन् ।

    जुकोटमा अधिकांश परिवारका २/४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ ।

    भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन्। ‘गाउँतिर स्याउ किन्ने कोही छैन,’ उनले भने, ‘कुहिने अवस्था आएपछि गाईभैंसीलाई खुवाउनुपरेको छ ।’

    यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति सित्तैमा पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजी-रोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्‍याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ ।

    यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्‍याउनुपर्छ त्यती परसम्म किसानले डोकोमा पुर्‍याउन सक्दैनन् । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा ज्याला बढी लाग्नेने उनीहरू बताउँछन् ।

    जुकोटमाथि देबाले र सैदेवो लेकमा मात्रै स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ। गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij