शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

१६ वर्षीया छिमा पुन अहिले परिवारविहिन बनेकी

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  • प्यूठान–फोप्ली ३ मा घर भइ फोप्ली–४ मा रहेको खेत तिमिलेको गोठमा बस्दै आएकी १६ वर्षीया छिमा पुन अहिले परिवारविहिन बनेकी छिन् ।६ जनाको सदस्य रहेको छिमाको परिवार गुमाउँदा अहिले उनी एक्लै छिन् । तिमिले मजदुरी गर्दै आएका बाबुआमा भाईबहिनी सबै घर परिवारलाई मंगलबार राति पहिरोसँगै आएको बाढीले बगाएपछि छिमा एक्ली बनेकी हुन् ।

    आफन्तको घर ९गाउँमा० गएर बसेकी १६ वर्षीया वालिका छिमा पुन बाँच्न सफल त भइन्, तर सबै परिवारलाई पहिरोसँगै आएको बाढीले बगाउँदा परिवारविहिन बन्न पुगेकी छिन् ।

    बुबा भुपाल पुन, आमा समेली पुन, भाई धन बहादुर पुन र बहिनीहरु लिला पुन, थमी पुनलाई गुमाएपछि उनी सहाराविहिन बन्न पुगेकी छिन् । यतिसम्मकी सामान्य साहारा दिने छिमेकी समेत गुमाउँदा पागल जस्तै बनेको आभास आँशुका धाराले व्यक्त गर्छिन उनी । छिमाले गाउँकै अम्बिका मावि फोप्लीमा अध्ययन गर्दै आएकी छन् ।

    छिमा परिवारविहिन भएपछि डाँको छोडेर रुनु बाहेक अरु केही नभएको बताउँछिन् । परिवारको अभाव त भयो नै त्यसैमाथि उनको घर, गोठ सबै पहिरोले बस्नै नमिल्ने गरी बगाएपछि छिमाको जीवन यात्रामा बज्रपात भएको छ ।

    अहिले यतिबेला उनीसँग न कसैको साथ छ, न त कुनै ओतन या बास, न त खाने केही गास नै । अन्धकार र दुखपूर्ण जिन्दगीको यात्रामा छिन् उनी यतिबेला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij