प्रकाशित मिति : बिहिबार, असार १, २०७४
उर्मिला खड्का ओली , दाङ । दाङ जिल्लाको धेरै भुभाग सिचाइको अभाब देखिन्छ । त्यो पनि बबै नदिको दक्षिण भाग सबै आकासे पानीमै निर्भर छ । हरेक बर्ष ,समयमा बर्षा नहुँदा सयौ बिघाह जमिन बाझो रहने र खेती गरेको बाली पनि जर्ता जाने गर्दछ । सरकारले भूमिगत जल बिकास योजना अनुसार त्यस क्षेत्रमा क्रिषकसँग पनि रकम उठाएर बोर्डिङ बनाउने योजान सुरु गर्यो ।
केही ठाउमा बोर्डिङ सन्चालन भए पनि हाल घोराही उपनगरपालिका वडा नम्बर ८ अन्तर्गत ढकलपुर आन्द्राभरिया भन्ने ठाउमा भुजबिले ठ बर्ष अगाडि नै क्रिषकसँग पटक गरी मोटो रकम उठाइ बोर्डिङ धस्ने योजना सुरु गर्यो । सर्बेक्षण गर्ने भन्दै करिव दुइे चार बर्ष बितायो ।
गाउले जुलुस लिएर गए पछी केही बर्ष खन्नेमा बितायो । किन ढिलाई भयो भन्दा खासै सुनुवाई भएन । बिसौ पटक उपभोक्तहरुले धाउदा भूमिगत जल बिकास योजना लमहिले बोर्डिङ खन्ने कार्यक्रम सम्पन्न त गर्यो तर बुजुली ब्यबस्था गर्न सकेन । नेता हाकिमालाई हार गुहार गर्दा सातौ बर्षमा आएर पोल गाडेर बत्तीको तार जोडीयो । अब पानी सिचाइ हुने भो भनेर दङग भएका जनता झन निरास हुन पुगे । बत्ती बाली दिनु पर्यो भन्दा झन नौटङ्की सुरु भो ।
भुजबिले, हामीले पानीको ब्यबस्था गरेर बोर्डिङसम्म बिधुतको तार जडान गर्ने हो । गरी सक्यौ । हाम्रो काम सकियो । अब बिधुतको काम हो भन्न थाल्यो । बिधुतमा जादा यो काम भुजबिको हो । उसैले बत्ती दिलाई दिनु पर्छ । हामीलाई त कुनै जानकारी छैन भनियो । भुजबिलाई नै हाम्रो अफिसमा जाने भन्नुस भन्दा रहेछन । भुजबिलाई गएर भन्दा हामीले बत्ती जडान गर्दिसकेको हो । हामी बिधुतमा न जाने । उनिहरुले हामीसँग पैसो माग्छन भनेर सुनाए ।
एउटा सरकारी कार्यालयले अर्को कार्यालयसङ्ग पैसो माग्छ भने बिचरा जनताको के हाल होला ।
जिल्लाका नेता देखी त्यस क्षेत्र सभासद राजु खनाललाई पटक पटक भन्दा पनि कुनै चासो दिएनन । सभासदले झन गाउलेहरुलाई यो मेरो काम होइन । सम्बन्धित कार्यालयको हो । मलाई यो बारे धेरै कुरा न गर्नुस् भन्ने आशय ब्यक्त गरे ।
आज पोल गाडेर बिधुतिय तार जोडेको बर्षौ हुन लाग्दा पनि न सम्बन्धित निकाएलाई चासो छ । न त्यस क्षेत्रका सभासदलाई त्यो ठाउँको बिकास गर्ने चासोछ । सरकारको अनुदान त छदै छ , जनताबाट उठाएको पैसो समेत खर्च भएको छ । पानीको ब्यबस्था होला र खेतीपाती झन राम्रो होला भन्ने आशा गरेका किशासनलाई यो पानीको योजना कुहिरोको घाम जस्तो भएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij