शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाटन दरबार स्क्वायरमा एकद्वार प्रणाली सुरु

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • ललितपुर  ।  पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर भएको छ ।

    मङ्गलबार दुई निकायबीच एकद्वार प्रणालीबाट पर्यटकसँग शुल्क उठाउने गरेर सहमति भएको हो । पाटन सङ्ग्रहालयमा कार्यालयले नै र दरबार स्क्वायरमा उपमहानगरपालिकाले शुल्क उठाउँदै आएको थियो । एकद्वार प्रणाली आगामी असोज १ गतेदेखि लागू हुँदैछ । एकद्वार प्रणालीमा शुल्कमा पनि पर्यटकलाई केही सहज हुनेछ । एक हजार रुपैयाँ तिरेर पर्यटकले दरबार स्क्वायर र सङ्ग्रहालय दुवैको अवलोकन गर्न पाउनेछन् ।

    एकद्वार लागू हुँदा पर्यटकलाई सहज हुने पाटन सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले बताए। उनले भने, “एकै ठाउँबाट शुल्क लिने र शुल्क पनि कम हुँदा पर्यटकलाई सहज हुनेछ ।” पर्यटकले एक हजार रुपैयाँको शुल्क तिरेर सङ्ग्रहालय र दरबार स्क्वायर दुवैको अवलोकन गर्न पाउनेछन् । यसअघि नगरपालिकाले रु ७५० र सङ्ग्रहालयले ४०० रुपैयाँ उठाउँदै आएका थिए । पर्यटकले दुवैगरी जम्मा एक हजार १५० रुपैयाँ तिर्दै आएका थिए ।

    पर्यटकलाई झन्झट नहोस् भनेर एकै ठाउँबाट शुल्क लिने गरेर सम्झौता भएको ललितपुर उपमहानगरपालिकाका राजस्व÷प्रशासन महाशाखा प्रमुख डिल्लीराज शाक्यले बताए । उनले भने, “पहिले दुई ठाउँबाट गर्दा हैरान भएकाले पर्यटकलाई एकै ठाउँबाट गर्दा सजिलो हुनेछ ।”

    सार्क क्षेत्रभन्दा बाहिरका पर्यटकले एक हजार रुपैयाँ तिर्नुपर्नेछ भने सार्क क्षेत्रका पर्यटकलाई २५० र सङ्ग्रहालय छिर्नका लागि नेपालीले ३० रुपैयाँ तिर्नुपर्नेछ । विद्यार्थीले विद्यार्थी परिचयपत्रको प्रयोग गरेर १५ रुपैयाँमा सङ्ग्रहालयमा छिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    यसअघि पाटन आउने पर्यटकले तीन ठाउँमा शुल्क तिर्ने गरेका थिए । दरबार स्क्वायर, सङ्ग्रहालय र गोल्डेन टेम्पलमा गरेर तीन ठाउँमा शुल्क लिने गरेको थियो । तीन ठाउँमा हुँदा पर्यटक हैरान हुने लाखेले बताए । उनले भने, “दरबार स्क्वायरमा शुल्क तिरेको भन्दै पर्यटकले सङ्ग्रहालयमा आउँदा तिरिसकेको बताउने गर्दथे ।” अहिले दुई निकायबीच सम्झौता भइसेकाले आगामी दिनमा गोल्डेन टेम्पलसँग पनि सम्झौता हुन सक्ने लाखे बताउँछन् ।

    नगरपालिकाले यसअघि पाटन दरबारमा ठेक्काबाट शुल्क उठाउँदै आएको थियो । सङ्ग्रहालयले भने कर्मचारीबाट नै शुल्क उठाउँदै आएको थियो । आगामी दिनमा एकद्वार प्रणालीबाट शुल्क उठाउँदा कर्मचारीबाट उठाउने गरेर सहमति भएको छ । एकद्वार पर्यटन सेवा शुल्क व्यवस्थापन समितिले थप कर्मचारीको व्यवस्थापन गर्नेछ । यसअघि समितिले नै शुल्क निर्धारण गरेको थियो ।

    आयको ७५ प्रतिशत नगरपालिका र १५ प्रतिशत सङ्ग्रहालयले पाउने गरेर सहमति भएको छ । पाँच प्रतिशत प्रशासनिक खर्च र बाँकी पाँच प्रतिशत आय दरबार क्षेत्र मर्मत तथा सुधारमा खर्च हुने सहमति भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij