शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अझै घटेन बजार भाउः अलमल्ल सचिव, भाका सार्दै मन्त्री

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • काठमाडौ  ।   मंगलबार दिनको १२ बजे आपूर्ति मन्त्री दिपक बोहोरालाई बजारभाउ किन घटेन   ।   ‘हामीले बजार अनुगमन प्रभावकारी बनाएका छौँ, जनताले राहतको अनुभूती गरीरहेका छन् ।’

    त्यसको केहिबेरपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीलाई टेलिफोनमा सोधेँ – ‘प्रवक्ता ज्यू, बजार भाउ विगत भन्दा सस्तो हो ?’

    ‘म कर्मचारी होईन बिहान साँझ एउटा उपभोक्ताको हिसावले कुरा गर्दा पहिला भन्दा पनि मर्का परेको अनुभूती गरको छु ।’ उनले जवाफ फर्काए ।

    कालिमाटी तरकारी बजारले गत महिना आजकै दिन घिउसिमीको मूल्य ५० रुपैयाँ प्रति केजि देखाएको थियो । ठीक एक महिनापछि आज १ सय २५ रुपैयाँ प्रतिकिलो छ । बजारमा त्यही सिमि किन्दा थापागाउँका बबरजंग थापाले १ सय ५० तिर्नुप¥यो । ‘खुद्रा व्यापारीले त भनेको मोल भन्दा एक रुपैयाँ घट्न मान्दैनन्,’ उनी भन्छन्– ‘सरकारले बजार अनुगमन गरेको भन्छ, तर खै दिन दिनै मूल्य चर्केको चर्कै छ ।’

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएदेखि देशमा कालोबजारी, मिसावट र गुणस्तरहिन बस्तु बिक्री वितरणमा रोक लगाउने निर्देशन दिएका थिए । मन्त्रीपरीषद्ले आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वमा एकीकृत बजार अनुगमन समिति समेत गठन गरी साउन ३१ गते देखि एकीकृत बजार अनुगमन ग¥यो । यसबाट जनताले ठूलो राहतको महसुस गर्ने अपेक्षा उपभोक्ताको थियो । ‘तर दिन दुगुना रात चौगुना मूल्य बढेको छ, के राहत पाउनु’, बबरजंग भन्छन् ‘अनुगमन भएको होला कता भयो कता ?’

    प्रधानमन्त्रीको निर्देशन पछि मन्त्री बोहोरा आफै संलग्न भएर गरेको अनुगमनको क्रममा ४ सय ७ वटा विभिन्न व्यवसायमा कमजोरी फेला परेको थियो । मन्त्री बोहोराका अनुसार ति सबैलाई कार्वाहीको प्रकृया चलिरहेको छ । तर बजार भाउ त घटेको छैन त, भन्ने प्रश्नमा मन्त्री बोहोरा भन्छन् – ‘हामी चिनी पाँच रुपैयाँ तल झार्दै छौँ, नुन २ रुपियाँ सस्तिदै छ, तरकारीको विषयमा कृषि मन्त्रालय संग छलफल गरेर मूल्य तोक्ने कुरा हुँदै छ ।’

    जनताले अनुभुती गर्ने गरी बजार अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिएपनि आपूर्तिमन्त्रीको अनुगमनले त्यसको ठीक उल्टो अनुभुती दिलायो । पहिले सस्तो बजार पनि अहिले झन चर्को भयो । ‘अव भाउ घटाउन हामी उद्योगी व्यापारी संग कुरा गरीरहेका छौँ ।’ सरकारले गठन गरको एकीकृत बजार अनुगमन समितिका संयोजक आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा भन्छन् ‘यसको लागि तयारी भैरहेको छ ।’ यसबारे थप बोल्न भने उनी चाहेनन् ।

    भाका सार्दै मन्त्री
    पूरानो आर्थिक वर्ष सकिन एक महिना बाँकी छँदादेखि रातारात बढको उपभोग्य सामाग्रीको मूल्य घटाउन सरकाले अझै भाका सार्दै छ । मन्त्री बोहोराले दँशैको सस्तो बजारका लागि असोज एक गतेदेखि सरकारले व्यवस्था गरेकोले त्यसपछि आफै बजार भाउ सस्तिने बताए । ‘अव १ गतेदेखि घुम्ति दुकान खोल्दै छौँ ’, उनले भने ‘१ गते असनबाट खुद्रा व्यापारको मूल्य घटाएर शुरु गरेपछि अरु बजार आफै घट्छ ।’

    उनले आजको १५ दिनमा उपभोक्ताले सस्तो बजारको अनुभुती गर्ने बताए । उनका अनुसार तरकारीको बारेमा अलि अलग्गै नै सोच्नुपर्ने र कृषिसित बढी भएकोले थप छलफलको जरुरी छ । ‘अघिल्लोपटक १० वटा निकायले अनुगमन गरेर एकजनालाई पनि छाडेका छैनाँै, भोली बैठक बसेर नयाँ पाटो निर्धाणर गर्दै छौँ’ उनले भने ‘त्यसले गरेको निर्णयका आधारमा मूल्यबृद्धि विनाको दँशै तिहार हुँदै छ ।’ मन्त्री बोहोराका अनुसार सरकारले सञ्चालन गर्ने बाहेक अरु पसलेले बढी लिए भन्ने विषयमा पनि छलफल हुने छ ।

    विभाग र नाफाखोर व्यापारीको नैतिकता भएनः रेग्मी
    प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने अनुगमनका लागि प्रधानमन्त्रीले गरेको ताकेता अनुसार बजारभाउ नघटेको स्विकारे । उनले प्रधानभन्त्रीले जनताका समस्याका बारेमा देखाएको चासो अनुसार मातहतका निकायले चाँसो नदिएको आरोप लगाए । ‘दिनदिनै प्रधानमन्त्री कार्यालयले सोध्नु भन्दा पनि ति निकायहरु बर्षैभरी आफै सक्रिय हुनुपर्छ’ उनले भने ‘एउटा अनुगमनको कुरा भयो, अर्को अनुगमन गर्ने विभाग र नाफाखोर व्यापारीको नैतिकता हुनुप¥यो ।’

    उनले व्यापारीले नाफाका लागि जनतालाई मर्का नपर्ने गरी काम गर्नुपर्ने र विभागले अनुगमन निरन्तर गरेर कार्वाही गरीरहनुपर्ने बताए । ‘निजी क्षेत्रमा सामाजीक उत्तरदायीत्व हुनुपर्छ’ उनले भने ‘जनता ठगीएको विषयमा हामी फेरी छलफल गरेर तुरुन्त कार्वाही प्रकृयामा जान्छौँ ।’ तर जनता पनि यस विषयमा सचेत हुनुपर्ने उनको तर्क छ । व्यापारीले चर्को मूल्य भनेको विषयमा सोधखोज गर्ने वा सामान नै नकिन्ने कुरा उपभोक्ताको अधिकार भएको उनको भनार्इं छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij