प्रकाशित मिति : बुधबार, असार ७, २०७४

जिल्लाको हिलिहाङ, तुम्वेवा र कुम्मायकका विभिन्न घाटमा रहेका माझी बस्तीका १ सय ३५ घरधुरीमा बसोवास गर्ने अधिकांश माझीले असार १४ को स्थानीय तह निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।
फोटोसहितको नामावलीमा नाम अनिवार्य समावेश गर्नुपर्नेबारे राजनीतिक दल, निर्वाचन कार्यालय र सरोकारवालाले जानकारी नगराउँदा नामावली सूचीमा नाम नहुँदा आफूहरु मतदानबाट बञ्चित हुनुपरेको उनीहरु गुनासो गर्छन् ।
हिलिहाङ गाउँपालिकाको पिनासीघाट, कुम्मायक गाउँपालिका सिम्राघाट र तुम्वेवा गाउँपालिका लमुघाटमा वसोवास गर्दै आएका १ सय ३५ मध्ये करीब ३५ घरकाबाहेक धेरैको नाम छुटेको बताइएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij