शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • पाँचथर  ।  पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गानिक चिया उत्पादन गरिने भएको हो ।

    जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गानिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् भने अन्य चिया प्रशोधन गर्ने कारखानाले पनि अर्गानिक चिया प्रशोधन गर्ने तयारीमा जुटेका छन् । एक÷दुई वर्षमै जिल्लाका कारखानाले प्रशोधन गर्ने चिया अर्गानिक मात्रै हुने अर्गानिक चिया प्रशोधन गर्दै आएका लालीचिया सहकारी संस्थाका प्रमुख टङ्कप्रसाद राईले बताए ।

    उनका अनुसार अर्गानिक चियाको उत्पादन कम हुने भएपनि मूल्य राम्रो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना प्रमुख रामजीवन ठाकुरले चियाको बेर्ना तयारी पनि विषादीरहित हुने, गाईवस्तुको मल र गड्यौले मललगायत मात्रै प्रयोग गरिने र बगानमा रोगकिरा नियन्त्रणका लागि विषादी पनि प्रयोग नगरिएको चियाको पत्तीलाई प्रशोधन गरी अर्गानिक चिया तयार गरिन्छ ।

    उनले किसान उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गानिक चिया उत्पादनतिर लागेको पनि बताए । केन्द्रीय चिया सहकारी सङ्घले तीन वर्षअघि पाँचथरमा अर्गानिक चिया उत्पादन गर्न किसान र प्रशोधन गर्ने कारखानालाई सुझाव दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij