शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

खोटाङबाट तीन किसिमको खाका प्रस्ताव

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • खोटाङ   ।  राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो ।

    जिल्लामा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले नौवटा निर्धारण गरेपनि सहमति नजुटेपछि तीनवटा छुट्टाछुट्टै खाका तयार गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए । तीनवटै खाकाको नामाङ्कन, सीमाङ्कन र केन्द्र टुङ्गो लगाएर आयोगमा सिफारिस गरिएको पाण्डेले जानकारी दिए ।

    जिल्लामा स्थानीय तहको सङ्ख्या १० वा १३ वटा बनाउन अधिकांश दलको सहमति भएपनि नौवटा बनाइनुपर्ने पक्षमा नेकपा एमाले उभिएको छ । एमालेकै हठका कारण तीनवटा खाका तयार गरेर आयोगमा सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी किरातीले बताए ।

    स्थानीय तहको सङ्ख्या नौवटा बनाउने प्रस्तावअनुसार दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, महुरे नुनथला केन्द्र रहनेगरी महुरेगढी नगरपालिका, ऐँसेलुखर्क केन्द्र रहनेगरी रावाथुम गाउँपालिका, बाक्सिला केन्द्र रहनेगरी केपिलासगढी गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका प्रस्ताव गरिएको छ ।

    यस्तै, पञ्चमीबजार छितापोखरी केन्द्र रहनेगरि दिप्रुङ गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटेहाङ गाउँपालिका तथा चिसापानी केन्द्र रहनेगरी जन्तेढुङ्गा गाउँपालिका प्रस्ताव गरिएको छ ।

    स्थानीय तह १० वटा रहने खाकामा दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, नुनथलाको महुरे केन्द्र रहनेगरी महुरेगढी गाउँपालिका, एँेसेलुखर्क केन्द्र रहनेगरी ऐँसेलुखर्क गाउँपालिका, बाक्सिला केन्द्र रहनेगरी केपिलास गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।

    यस्तै, मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहनेगरी दिप्रुङ गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटेहाङ गाउँपालिका, सिन्ताङ साउनेचौर केन्द्र रहनेगरी बाराहपोखरी गाउँपालिका तथा चिसापानी केन्द्र रहनेगरी जन्तेढुङ्गा गाउँपालिका सिफारिस गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ ।

    यसैगरी, स्थानीय तह १३ वटा बनाउन गरिएको प्रस्तावमा दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, बुइपा केन्द्र रहनेगरी महुरेथुम गाउँपालिका, कुभिण्डेको हरमटार केन्द्र रहनेगरी रावा गाउँपालिका, ऐँसेलुखर्क केन्द्र रहनेगरी एँेसेलुखर्क गाउँपालिका प्रस्ताव गरिएको छ ।

    यस्तै, बाक्सिला केन्द्र रहनेगरी केपिलास गाउँपालिका, पाथेका केन्द्र रहनेगरी मेरुङ गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका, पञ्चमीबजार स–छितापोखरी केन्द्र रहनेगरी दिप्रुङ गाउँपालिका, सिम्पानी केन्द्र रहनेगरी सिम्पानी गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटाङ गाउँपालिका, सिन्ताङ साउनेचौर केन्द्र रहनेगरी बाराहपोखरी गाउँपालिका र चिसापानी केन्द्र रहनेगरी जन्तेडुङ्गा गाउँपालिका सिफारिस गरिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij