बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

भूकम्प पिडितले पाए ट्याक्सी नम्बर

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • ललितपुरको च्यासलमा बुधबार भूकम्प प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि ट्याक्सीको नम्बर प्लेट वितरण गर्न गोलाप्रथाद्वारा आवेदकको नाम छनौट गर्दै यातायात विभागका कर्मचारी। वितरण गरिने १५ सय वटा नम्बर प्लेटका लागि गत वर्ष १ लाख ४९ हजार ५ सय ५८ भूकम्पपीडितले आवेदन दिएका थिए।

    यातायात व्यवस्था विभागले आजबाट भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट बितरण सुरु गरेको छ। विभागले ललितपुरको च्यासल मैदानमा गोला प्रथाबाट नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो।

    यी तीन जिल्लाबाट कूल ४८ हजार ९ सय ६५ जनाले ट्याक्सी नम्बरको लागि अवेदन दिएका थिए।
    विभागले गत चैत २६ गते नै नम्बर वितरण गर्ने भनेपनि पहिलो चरणको स्थानिय तह निर्वाचनको कारण रोकिएको थियो।

    गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरेको छ। जस अनुसार काभ्रेपलान्चोकका २० हजार २७ जनाले आवेदन दिएकोमा २ सय १ पिडितले, नुवाकोटबाट १२ हजार ४ सय ७१ आवेदन दिएकोमा १ सय २५ जनाले र रामेछापबाट १६ हजार ४ सय ६७ आवेदन दिएकोमा १ सय ६५ जनाले ट्याक्सी नम्बर प्लेट पाउने भएका हुन्।

    त्यसैगरी बाँकी ११ जिल्लाका पिडितलाई बिहिबार र शुक्रबार वितरण गरिने छ। बितरणको दोस्रो दिन बिहीबार सिन्धुपाल्चोक, सिन्धुली र दोलखाका ५ सय १३ जनाले नम्बर प्लेट पाउनेछन् भने पर्सी शुक्रबार ओखलढुङ्गा,मकवानपुर, धदिङ, रसुवा,गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर गरी ८ जिल्लाका ४ सय ९६ भुकम्प पिडितले नम्बर प्लेट पाउनेछन्।

    भुकम्पबाट अति प्रभावित १४ जिल्लका पिडितलाई ट्याक्सी बितरण गर्न यातायात व्यवस्था विभागले गत साउन ५ गते देखी भतेसम्म आदौ ५ गवेदन लिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij