बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कन्चनपुरमा ६६ मतदानस्थल अतिसंवेदनशील, मदिरा कारोबारमा पूर्णप्रतिबन्ध

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • कन्चनपुर । कन्चनपुरका ६६ ओटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

    जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।

    सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए ।

    उनकाअनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ ।

    ‘भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ’–उनले भने ।

    आपराधिक गतविधि हुनसक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रकारुपमा रहेका छन् ।

    मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । जसमा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

    प्रहरी नायब उपरीक्षक दाहालकाअनुसार मतदानस्थलको सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने र त्यसका लागि एक हजार बढी म्यादी प्रहरी रहनेछन् ।

    थप सुरक्षाकर्मीको टोलीलाई मतदान केन्द्र र नेपाल–भारत सीमा क्षेत्रमा गस्तीका लागि प्रभावकारीरुपमा परिचालन गरिने उनले बताए ।

    मदिराको कारोबारमा पूर्णप्रतिबन्ध
    स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कन्चनपुरमा मदिरा बिक्री–वितरण, सेवन र ओसार–पसारमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

    निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

    असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्णप्रतिबन्ध लगाउने जिल्लास्थित सर्वदलीय बैठकले निर्णय गरेको प्रहरी नायब उपरीक्षक भरत दाहालले बताए ।

    यस अवधिमा मदिराको बिक्री–वितरण, ओसार–पसार र सेवन गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही हुने उनले उल्लेख गरे ।

    सार्वजनिक सूचना जारी गरी मदिराको सेवन, बिक्री–वितरण र ओसार–पसारमा प्रतिबन्ध लगाइएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij