प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४
भुुमिसुुधार कार्यालय गौरमा मोहियानी हकको लागी मुुद्धा खेपीरहेका एक जना खेलनदासले वारेस दिने नाममा १५ लाखको तमसुुक गराएको रहस्य खुुलेको छ । मुुडवलवा ६ हाल गौर नगरपालिका १२ बस्ने लेखनदास सुुुचिन्द्र प्रसाद यादव आफै धनी बनेर संतोष महतोमाथि १५ लाखको मुुद्धा अदालतमा दायर गरेपछी घटनाको रहस्य खुुलेको हो ।

लेखनदाश सुुचिन्द्रले झुुक्याएर तमसुुक गराएको यो पहिलो घटना होईन यसअघि पनि उनले कतिपय सोझा साझासंग वारेसका नाममा लाखौंको तमसुुक गराई सकेका छन् । कटहरिया गाँउपालिका ४ का संतोष महतोले घटनापछि न्यायका लागी जिल्ला प्रशासन मार्फत उजुुरी दिएका छन् । उजुरीपरेसँगै लेखनदास सुुचिन्द्र बेपता भएका छन् ।
पीडित महतो आफुु माहीधनी रहेको कटहरिया वडा न.५को कि.न.९४१ कि.न. ९४३को सातकठा जग्गा मोही हक पाउन भुुमीसुुधार कार्यालयमा मुुद्धा खेपिरहेका छन् । २०७१ सालमा लेखनदास सुुचिन्द्रले वारेस दिन भनेपछि आफुुले नेपाली कागजमा दुुबैऔंलाले चारठाँउमा छाप लगाएको महतोले बताए ।
सोही कागजलाई वारेसको सट्टा तमसुुक बनाई लेखनदाशले लेनदेन मुद्धा जिल्ला अदालत गौरमा केहीदिन अघि मुुद्धा दायर गरेपछी आफुुले थाहा पाँएको महतोले बताए । सदरमुुकाम गौरमा शुुक्रवार पत्रकारहरुसंग संतोषले न्यायका लागि पहल गरीदिन आग्रह गरे।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले घटनाबारे छानबीन भईरहेको बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij