बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • काठमाडौँ  । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने भएको छ । यहाँ आज आयोजित उम्मेदवार घोषणासभामा ‘विमल ढकाल संयुक्त व्यवसायी समूह’का उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।

    सो समूहबाट प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाललाई उम्मेदवार बनाएको छ । ढकालको समूहलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरम, धौलाश्री समाज, वैदेशिक रोजगार ललितपुर समाज, तामाङ समाजलगायत सङ्घसंस्थाको सहयोग छ ।

    यसअघि नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाजले तालमेल गरेर रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’को घोषणा गरिसकेका छन् । वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते हुने २५ औँ साधारणसभाबाट सङ्घको नयाँ नेतृत्व चयन हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij