बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

थपिँदैछन् तारे होटल र क्यासिनो

  • प्रकाशित मिति : शनिबार, असार १०, २०७४



  • पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ।

    आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ।

    तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२/७३ सम्म ९६० भएकोमा आव। २०७३/७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ।

    यस्तै तारास्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ । आव २०७२/७३ मा नौ हजार ७१० भएकोमा आव २०७३÷७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ श्याया पुगेको छ।

    ताराबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ।

    आव २०७२/७३ मा तीन क्यासिनो सञ्चालन भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा दुई वटा थप भई हाल पाँचवटा सञ्चालनमा रहेका छन् । त्यस्तै तीन वटा मिनी क्यासिनो र एक अनलाइन ग्यामिङ सञ्चालनमा रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij