काठमाडौ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो ।
मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु हुने र विविध कार्यक्रम, गतिविधि र कन्सर्ट सहित साँझ सम्म चल्ने कम्पनीले जनाएको छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केहीविषेश आर्कषणहरु रहने जनाइएको छ ।
यसदेखि बाहेक मेलामा आउने आगन्तुकले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने र डेटा सेवा, थ्रिजीको गति र अन्य डिभास एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्ने जनाइएको छ ।
मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुती रहनेछन् । त्यसैगरी, कार्टुन्जक्रु, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएको जनाइएको छ ।