बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पहिरोको डरले हरायो निद्रा : आकाश हेर्दै सुत्नुपर्ने बध्यता

  • प्रकाशित मिति : आइतवार, असार ११, २०७४



  • कालीखोला (चितवन) । इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आउनुभएको छ । सडकछेवैमा उहाँको सानो घुम्ती छ । जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उहाँमा । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति पुर्‍यायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहनुभएको छ उहाँ । कालीखोलामा प्रायः पहिरो गइरहने भएकाले सडकछेउका बस्ती जोखिममा छन् ।

    पहिरोसँगै ढुंगा झरिरहने हुनाले त्रास बढेको गुनासो स्थानीयको छ । सडक निर्माण राम्रो नभएकाले जोखिम बढेको विष्ट बताउनुहुन्छ । ‘पहिरो नगएको दिन नै हुँदैन, सानोतिनो पहिरो गएकै हुन्छ’, विष्टले भन्नुभयो, ‘आकाशमा पानी पर्न थालेपछि पहिरो आउने डरले अन्तै बस्न जानुपर्छ।’ आफ्नै अगाडि ठूलो पहिरो खसेको अनुभव उहाँको छ ।

    ‘कतिखेर के होला भन्ने थाहै हुँदैन’, उहाँले भन्नुभयो, ‘आकाश हेरेर सुत्नुपर्छ ।’ पहिरो खसेर विष्टको पसलमा क्षति पुर्‍यायो । करिब ३० हजार बराबरको क्षति भएको थियो ।

    नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम निकै बढेको छ । त्यहाँका स्थानीयलाई कतिबेला के होला भन्ने डर छ । सडक फराकिलो बनाउने क्रममा चट्टान कटान हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ । बस्ती अगाडि नै ठूला पहाड छ । बेला-बेलामा त्यही पहाडबाट पहिरो खस्ने गर्छ । पहिरोका कारण घन्टांै सवारी रोकिने गरेको उनीहरूको अनुभवन छ ।

    कालीखोलाकै यानु गुरुङ पनि पहिरोको डरमा बाँच्नुपरेको बताउनुहुन्छ। ‘आफ्नो घरै यहीँ छ अन्त जाउँ जाने ठाउँ छैन’, यानुले भन्नुभयो, ‘पहिरो झरेको झर्‍यै छ, रातदिन डरैडरमा बस्नुपरेको छ ।’गत बिहीबार राति पहिरो पन्छाउन खटिएको प्रहरीको टोलीलाई पहिरोले बगाउँदा एक असईसहित दुई प्रहरीको मृत्यु भयो । दुई प्रहरी जवान अझै बेपत्ता छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij