बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

विशेष आर्थिक क्षेत्र निर्माणका लागि जग्गा छनोट गर्न जोड

  • प्रकाशित मिति : सोमवार, असार १२, २०७४



  • त्रिशूली (नुवाकोट) । नुवाकोटमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका लागि तत्काल स्थान छनोट गर्न जिल्लाका सरोकार भएकाहरुले आग्रह गरेका छन् ।
    जिल्लामा राजनीतिक दलका नेता र उद्योगी व्यवसायीहरुले विशेष आर्थिक क्षेत्र निर्माणको हल्ला चलेको एक दशक भइसकेको तर काम भने अघि नबढेकामा प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठ नुवाकोट त्रिदेशीय पारवहन विन्दुका रुपमा रहेकाले पनि सेजले सफलता पाउने र नुवाकोटले आर्थिक विकासमा फड्को मार्ने बताए । नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले अब तत्काल जग्गा प्राप्तिको प्रक्रियामा लाग्न आग्रह गर्दै भने ‘कुन ठाउँ उपयुक्त हुन्छ, जग्गा प्राप्तितर्फ लाग्नुपर्छ । बनाउने नै हो भने तत्काल काम थाल्नुपर्छ ।’

    आर्थिक क्षेत्र निर्माणको उचित समय आएको बताउँदै राजनीतिक दल तथा उद्योगीले जतिसक्दो चाँडो निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका केही समथर भागमा गरिएको अध्ययनका आधारमा प्राधिकरणले विशेष आर्थिक क्षेत्रका बारेमा जानकारी गराएको छ । यहाँका बट्टार, पिपलटार, तल्लो पिपलटार, महादेवफाँट, रातमाटे, कासीटार, राइसिं, चण्डीपोखरी, फिर्केपलगायत स्थान विशेष आर्थिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले बताए ।
    उद्योगी तथा राजनीतिक दलका नेताले नुवाकोटको भूगोलअनुसार स्थान छनोट गरी सम्भाव्यता अध्ययनको कामलाई अझै विस्तृत बनाउने बताएका छन् ।
    नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति धु्रव अधिकारीले उद्योग करकारखाना स्थापनाका लागि राजनीतिक वातावरण राम्रो हुनुपर्ने बताए । नेकपा(एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले आर्थिक क्षेत्र निर्माणका लागि सही समय आएको बताउँदै यसका लागि सबै मिलेर सुरु गर्नुपर्नेमा उनले जोड दिए ।

    नयाँ शक्ति नेपालका गोकर्णनाथ न्यौपानेले देश विकास र समृद्धिको चरणमा रहेकाले अब सबै मिलेर नुवाकोट बनाउने अभियानमा सहभागी हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij