प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४

पाल्पा । पाल्पामा सोमबार राति १०ः३० बजे भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक घाईते भएका छन् ।
बुटवलबाट बाग्लुङ्ग वुर्तिवाङका लागि छुटेको लु १ ज ६११८ नम्बरको बस तानसेन १२ बौघापोखराथोक भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा गोर्खा जिल्ला नेवार बस्नेका अन्दाजी १८ वर्षका पदम श्रेष्ठको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । गुल्मी वामिटक्सारकी २६ वर्षकी हिमा काफ्ले घाईते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
बसको ब्रेक फेल भई घरमा टोक्कीएर सो दुर्घटना भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij