प्रकाशित मिति : बुधबार, असार १४, २०७४
दोलखाको भीमेश्वर नगरपालिका ९ कुटकुटेमा गएराति वर्षासँगै आएको पहिरोले २ वटा घर बगाएको छ। पहिरोले घर बगाउँदा ३ जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार प्रहरीको टोली घटनास्थल गइरहेको छ। स्थानीयले दिएको जानकारी अनुसार २ घर पहिरोले पुरेको र ३ जना स्थानीय वेपत्ता रहेको जानकारी आएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij