बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मौसमविद् भन्छन्ः चिन्ता नलिनुस्, आज मुसलधारे पानी पर्दैन

  • प्रकाशित मिति : बुधबार, असार १४, २०७४



  • सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन्। बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई, तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए।

    ‘सोमबार रातिदेखि देशैभर मनसुन फैलिए पनि बुधबार दिउँसो भारी वर्षाको संभावना देखिन्न,’ पौडेलले मंगलबार भने, ‘सूदूरपश्चिमका पहाडी जिल्लामा बुधवार अपरान्हदेखि हल्का वर्षा हुने देखिन्छ, अझै दुई, तीन दिन मुसलधारे वर्षाको संभावना न्यून छ।’ बुधबार प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ। महाशाखाकी अर्की मौसमविद् विभूती पोखरेलले केही दिनयताको मौसमी विश्लेषण गर्दा ‘मनसुन रातको समयमा सक्रिय देखिएको’ र अझै केही दिनको मनसुनको यही गति हुने संभावना देखिएको बताइन्। ‘मनसुनको विशेषता पनि राति सक्रिय हुनु हो,’ पोखरेलले भनिन्, ‘बुधबार र बिहीबार पनि रातभरी वर्षा हुने र विहानपख मौसम खुल्ने देखिन्छ।’

    सूदूरपश्चिमका तराईका जिल्ला, मध्यभागका तराई र पूर्वको जिल्लामा पनि दिउँसोको समयमा भन्दा मध्यान्हपछि वर्षा हुने महाशाखाका विश्लेषण छ। २९ जेठमा पूर्वको झापा हुँदै प्रवेश भएको मनसुन सोमवार (१२ गते) मात्र सूदूरपश्चिम पुगेको हो। यसबीचमा खासै धेरै वर्षासमेत भएको छैन।‘ मुसलधारे वर्षा हुन अझै केही समय लाग्ने देखिन्छ,’ उनले भने, ‘देशैभर केही दिन यता रातको समयमा वर्षा भइरहेको छ, अझै त्यस्तै वर्षाको संभावना छ।’

    मनसुन सुरु भएको दुई साता बितिसके पनि अहिलेसम्म मुलुकका कुनै पनि भूभागमा भारी वर्षा भएको छैन। जुन भन्दा जुलाई ९असार तेस्रो साता र साउन० मा मनसुनी वर्षा बढी हुने गरेको छ। सोमवार पोखरामा ८७ मिलिमिटर वर्षा भएको थियो। यो नै यो वर्षको मनसुनको सबैभन्दा बढी वर्षा हो। सामान्यतया ५० देखि ६० मिलिमिटरसम्म मात्र वर्षा हुने संभावना रहेको पौडेलले उल्लेख गरे। महाशाखाले मंगलवार बुलेटिन प्रकाशित गर्दै मंगलवार राती पनि देशका प्राय भूभागहरुमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij