बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

४३ मेगावाट क्षमताको विद्युत आयोजनाको काम सुरु

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • सिन्धुपाल्चोकको मध्यक्षेत्रमापर्ने बलेफी (ब्रम्हायणी) करिडोरमा ४३ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माणकार्य सुरु भएको छ।

    साविक गुम्बा गाविस– ८ हाल जुगल गाउँपालिका– ३ स्थित अम्बाखर्कमा विद्युतगृह निर्माण गरिने ‘अपर नेशम खोला जलविद्युत्’ आयोजनाको ३४ किलोमिटर प्रवेश मार्गमध्ये २६ किलोमिटर सडकको निर्माण भइसकेको आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले बताए।

    सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडद्वारा ६ अर्ब ६० करोडको लागतमा निर्माण हुन लागेको सो आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) समेत भइसकेको छ।

    आयोजनाका लागि सोही गाउँपालिका अन्तर्गत तत्कालीन पाङताङ गाविसमा सवस्टेसन निर्माण गर्ने कार्यक्रम रहेको र त्यसका लागि ७५ करोड बजेट स्वीकृत भई जग्गा खरिदसमेत भइसकेको छ । अन्य कामको लागि बोलपत्र आह्वानको प्रक्रियामा छ । सवस्टेसनको काम सम्पन्न भएपछि आयोजनास्थलबाट त्यहाँसम्म १५ किलोमिटर प्रशारण लाइन निर्माण गरी उत्पादित विद्युत्लाई राष्ट्रिय विद्युत् लाइनमा जोडिनेछ।

    विसं २०७७को असारमसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनामा एक हजार ३०० मिटर सुरुङमार्ग निर्माण गरिनेछ। आयोजनाबाट जिल्लावासीलाई १० प्रतिशत र सर्वसाधारणको लागि २५ प्रतिशत सेयर वितरण गरिने आयोजनाका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले जानकारी दिए।

    उक्त करिडोरमा ३६ मेगावाटको अपर बलेफी, १० दशमलव छ मेगावार्टको बलेफी ‘ए’ आयोजना निर्माण भइरहेको छ भने २० मेगावार्टको तल्लो बलेफी निर्माणाधिन छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij