बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

उद्योग विकास शाखाबाट उद्योग दर्ता हुने

  • प्रकाशित मिति : शनिबार, असार १७, २०७४



  • जिल्लामा दर्ता हुने लघु, घरेलु तथा साना उद्योग दर्ता अब ‘उद्योग विकास शाखा’बाट हुने भएको छ।

    यसअघि घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट उद्योग दर्ता हुँदै आएकोमा अबदेखि उद्योग विकास शाखाबाट हुन लागेको हो।

    उद्योग मन्त्रालयको यही असार १४ गतेको सचिवस्तरीय निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट हुने काम उद्योग विकास शाखाबाट गर्न समिति र विभागलाई निर्देशन दिएको हो।

    हाल ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र २७ जिल्लामा घरेलु तथा साना उद्योग विभागबाट काम हुँदै आएको छन्।

    घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जिल्ला सदरमुकाममा रहेका घरेलु तथा साना उद्योग कार्यालय र समितिबाट काम गर्दे आए पनि अब उद्योग विकास शाखाबाट गर्ने बताए।

    उनले भने “अहिले प्रत्येक जिल्लाको जिल्ला सदरमुकाममा रहेका उद्योग विकास शाखाबाट काम गर्ने र विस्तारै यसलाई ७४४ वटै स्थानीय तहमा पु¥याउनेछौँ।”

    उद्योग विकास शाखाको सम्पूर्ण काम भने घरेलु तथा साना उद्योग विभाग र समितिका कर्मचारीले गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij