शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एनएमबि बैंकको ‘एक घर एक खाता’ योजना, प्रर्वधक दुतमा राजेश हमाल नियुक्त

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • काठमाडौं   ।  एनएमबि बैंकले ‘एक घर एक खाता’ योजना प्रर्वधक दुतका रुपमा अभिनेता राजेश हमाललाई नियुक्त गरेको छ । बैंकले योजनाकोे प्रथम चरण गत साउनबाट शुरु गरेको भएपनि अहिले यसलाई देशव्यापी बनाउने रणनीति लिएको हो ।

    अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने रहेको पनि बैंकले जनाएको छ । यसबाट वित्तीय साक्षरता बढ्ने तथा बचत गर्ने बानी बस्ने बैंकको विश्वास छ ।

    योजनाबारे प्रर्वधक दुत नियुक्ती कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नेपाली सिने क्षेत्रका महान् अभिनेता अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । उनले हमालको लोकप्रिय छविले यस अभियानको उद्देश्य पुरा हुनेमा बिश्वाससमेत व्यक्त गरेका छन् । उनका अनुसार यो योजना सफल वनाउन हमाललाई गाउँगाउँमै लगेर खाता खोल्ने तथा बचतको बानी बसाल्ने योजना समेत सुनाए ।

    ‘यस अभियानले नागरिकले वित्तीय प्रणालीबाटै कारोवार गर्ने बानी बस्नेछ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने, ‘यसले वित्तीय साक्षरता बढ्ने तथा बचत गर्ने बानी बस्ने समेत बैंकले बिश्वास लिएको छ ।’

    चालु आबको नीति तथा कार्यक्रममा सरकारले लिएको हरेक व्यक्तिको अनिवार्य बैंक खाताको अभियानमा समेत पौडेलले सुझाव राखेको जनाएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनरसँग यो बिषयमा सबैभन्दा पहिला आपुले छलफल गरेको भन्दै आज यो योजना सवैले लागु गर्ने स्थितिमा पुगेको बताए । यस्तै, बैंकले भूकम्प पीडितलाई क्षमता हेरेर ऋण प्रवाहका लागि कुनै अवरोध नराखेको जनाएको छ । त्यस्ता पीडितले ऋण तिर्न सक्ने स्थिति देखिएमा बिना धितो ऋण दिन सबै शाखालाई निर्देशन दिएको पौडेलले जनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij