बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कास्की जिल्ला अदालतमा हाफ पाइन्ट र मिनिस्कर्ट लगाएर जान रोक

  • प्रकाशित मिति : बिहिबार, असार २२, २०७४



  • तपाईँ कास्की जिल्ला अदालतमा कुनै काम लिएर जादै हुनुहुन्छ? आफूले कस्तो पोसाक लगाउनु भएको छ ख्याल गर्नुहोस् । किन भने कास्की जिल्ला अदालतमा हाफ पाइन्ट, मिनिस्कट, जाँगेलगाएतका अंग प्रर्दशन गर्ने खालका बस्त्र लगाएर अदालतको पर्खाल भित्र पस्न पाइने छैन।

    अदालत प्रशासनले त्यस्ता बस्त्र लगाएर आउनेलाई गेटबाटै फर्काउने गरेको छ। कास्की जिल्ला अदालतका सेस्तेदार कृष्णप्रसाद नेपालले अदालतलाई मर्यादीत बनाउन आफूहरूले त्यस्तो व्यवस्था गरेको बताए ।

    ‘अदालत मर्यादीत क्षेत्र हो,’ उनले भने, ‘कति सेवाग्राही लाजै नमानी आपत्ती जनक बस्त्रमा लगाएर आउँछन्।’ नेपालले अदालतमा आउँदा यस्तै पोशाक लागउनुपर्छ भने छैन तर अंग प्रर्दशन गर्ने खालका पोशाक लगाउनु भएन। ‘सर्ट पाइन्ट, कुर्था, सुरूवाल, साडी, चोलो जे लगाए पनि हुन्छ,’ उनले भने ‘तर टी-सर्ट, हाफ पाइन्ट, मिनिस्कर्ट लगाएर आउन प्रवेश निषेध छ।’

    उनले विदेश गएर आएका धेरैले टी-सर्ट, हाफ पाइन्ट, मिनि-स्कर्टमा आउने गरेको बताए। उनले गाउँबाट कुनै मानिस कछाड बाँधेर आउँछ भने उसले प्रवेश पाउने तर टीसर्ट र हाप पेन्ट लगाएर अदालतमा आउनेले प्रवेश गर्न नपाइने बताए।

    विदेश गएर आएकाहरू वानपिसमा समेत आउने गरेको उनको भनाई छ। ‘हाफ पाइन्ट, जाँगे, मिनिस्कर्ट तथा अंगप्रदर्शन गर्दै ग्लामरर्स बन्न खोज्नेहरुलाई प्रवेश छैन,’ उनले सेतोपाटीसँग बताए। अदालत हाता भित्र प्रवेश गर्न नपाउँदा कोही त्यतिकै फर्कने गरेका छन् भने कोही घरबाट कपडा मगाएर त कोही नयाँ कपडा किनेर लगाएर मात्र प्रवेश गर्ने गरेको एक कर्मचारीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij