बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कम्प्युटर प्रणालीमा खानेपानी लिमिटेडः साउनदेखि पानीको महसुल जुनसुकै काउन्टरबाट तिर्न सकिने

  • प्रकाशित मिति : बिहिबार, असार २२, २०७४



  • काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ ।

    लि कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ । साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले राससलाई जानकारी दिए । ‘छ महिनापछि घरमा मिटर रिडर ‘बिलिङ’ गर्न गएका बेला ‘बिलिङ’ यन्त्रमा ‘स्मार्ट कार्ड’ छिराएर उपभोक्ताले पैसा तिर्न सक्ने प्रविधि भित्रिँदैछ, यो प्रविधि सञ्चालनका लागि लिमिटेडका छ जना उच्च तहका अधिकृतलाई भारतको नयाँ दिल्लीमा तालिम लिन पठाइँदैछ, तालिमप्राप्त जनशक्तिले फर्किएर सबै कर्मचारीलाई यो प्रविधि सिकाउनेछन्’, उनले भने ।

    मेलम्चीको पानी उपत्यकामा आएपछि वितरणका लागि दक्ष जनशक्ति पूर्ति गर्ने कामलाई पनि तीव्रता दिएको छ । हाल एक हजार कर्मचारी लिमा कार्यरत छन् । पानी सुन्दरीजल प्रशोधन केन्द्रमा झरिसकेपछि सञ्चालनका लागि प्राविधिकसहित सय कर्मचारी पूर्ति गरिएको छ । थप १ सय २८ कर्मचारी पूर्तिका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भइरहेको प्रवक्ता आचार्यले बताए ।

    नयाँ भर्ना भएका र भर्ना हुने प्रक्रियामा रहेकामध्ये ७८ प्राविधिक कर्मचारी छन् । हालसम्म मेलम्ची खानेपानी आयोजनाले असोजसम्म पानी ल्याई वितरण गर्ने लक्ष्य राखेकाले त्यसअघि नै कर्मचारी नियुक्ति गरिसक्ने गरी प्रक्रिया अघि बढिरहेको छ ।

    हाल दैनिक १३ करोड लि पानी वितरण गर्दै आएको लिले मेलम्चीको १७ करोड लि पानी थपिएपछि ३० करोड लि पानी वितरण गर्नुपर्नेछ । मेलम्ची आएपछि पानी वितरण गर्न सक्ने गरी लिको सङ्गठनात्मक संरचना पुनरवलोकन अन्तिम चरणमा पुगेको उनले सुनाए । लिमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को सहयोगमा तालिमको आयोजना गर्ने तयारी भएको छ । जनशक्तिको क्षमता वृद्धिकै लागि अस्ट्रेलियन वाटर युटिलिटीसँग पनि सहकार्यको पहल भइरहेको लिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij