बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ड्रोनको प्रयोग गरी गोहीको गणना

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • गुलरिया । संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान ड्रोनको प्रयोग गरी गोहीको गणना गरिएकोे छ ।

    तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले बताए ।

    निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो । माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको देखिन्छ ।

    विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका प्रमुख नदीहरू नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने थापाको भनाइ छ ।

    सन् २०१६ मा गरिएको गणनाअनुसार ती सबै नदीमा घडियाल गोही जम्मा १९८ वटा थिए । यस वर्ष बर्दियाका नदीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । यस वर्ष गोहीले फूल पारेर छाडेपनि चट्याङ परेर अन्डा फुट्दा बढी बच्चा जन्मन नसकेको थापाले बताए ।

    अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति गोहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त वासस्थान मानिन्छ । नेपालमा पाइने दुई प्रजातिका मगर गोही र घडियाल गोही यस निकुञ्जमा र कर्णाली तथा र बबई नदीको किनार र छेउछाउका सिमसार क्षेत्रमा पाइने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij