शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पेन्सनको रकम सामाजिक काममा

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • बाबियाचौर (म्याग्दी)  ।  म्याग्दीका एक पूर्व बेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने रकम सामाजिक क्रियाकलापमा लगाएका छन् ।

    हिस्तान–३ टिकोटका चन्द्रबहादुर पुनले बेलायत सरकारले पेन्सनबापत दिने ६० प्रतिशत रकम जन्मगाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उपलब्ध गराउने गर्नुभएको हो । हाल पोखरा–३ नदीपुर निवासी गोर्खा सैनिकको सेवा निवृत्त मेजर पुनले वार्षिक रु १५ लाख पेन्सन पाउनुहुन्छ ।

    गाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि चन्द्रबहादुरले विभिन्न समयमा करिब रु ५० लाख सहयोग गर्नुभएको स्थानीय टिकोट माविका प्रधानाध्याकपक प्रदीप पुनले जानकारी दिनुभयो । टिकोट माविमा हालै नयाँ भवन निर्माण गर्न रु १८ लाख नगद उपलब्ध गराउनुभएका पुनले विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्नका लागि रु दुई लाख सहयोग गर्नुभएको थियो ।

    महभिर टिकोट सडक निर्माणका लागि रु तीन लाख र टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न रु ५५ हजार नगद सहयोग गर्नुभएका पुनले करिब एक महिना श्रमदान गर्नुभएको थियो । पुनको सक्रियतामा टिकोटमा नैनसिङ सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन भएको छ ।

    बुबा नैनसिङको नाममा क्लिनिक सञ्चालन गर्न पुनका दाजुभाइ र परिवारले रु २१ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । कोषको रकमबाट क्लिनिकका दुईजना कर्मचारीको तलब र औषधि खरिद गरिँदै आएको छ ।

    क्लिनिकमा सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा टेलिमेडिसिन उपकरण जडान भएको छ । इन्टरनेट र वेभ क्यामेराको सहायताले काठमाडौँको मोडल अस्पतालका चिकित्सकले टिकोटका बिरामीको उपचार गर्दै आएका छन् ।

    स्वास्थ्य संस्था टाढा हुँदा सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउन नसकेका टिकोट र घराम्दीका बासिन्दालाई क्लिनिकबाट सुविधा पुगेको छ । वार्षिक रु १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घसंस्थालाई सामाजिक कामका लागि रु ७२ लाख सहयोग गरिसक्नुभएको छ ।

    कुनै पनि सङ्घ सङ्गठनको पदमा नबसेका पुनले सामाजिक काममा सहयोग गर्ने आफ्नो इच्छा भएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij