बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बिरामी छोरालाई छोडेर आमाले गरिन् दोस्रो विवाह, १७ वर्षसम्म नातीको स्याहार गरिरहे हजुरबुवा

  • प्रकाशित मिति : सोमवार, असार २६, २०७४



  • एक आमाले श्रीमानको मृत्यु भएपछि आफ्नो बिरामी छोरालाई छोडेर दोस्रो विवाह गरिन् । तर ८० वर्षका हजुरबुवाले आफ्नो नातीको भार उठाए । त्यो पनि एक–दुई वर्षको लागि नभई पूरा १७ वर्षसम्म, नातीको मृत्यु नहुञ्जेलसम्म ।

    यो घटना इन्डोनेसियाको वेस्ट जाभाको हो । ८० वर्षभन्दा बढि उमेरका टोटोन पछिल्लो वर्ष मार्चमा चर्चामा आएका थिए जब आफ्नो बिरामी नातीलाई स्याहार गरिरहेको तस्बिर सोसल साइटमा भाइरल भएको थियो । उनका नाती स्यिफा जन्मजात नै निकै दुर्लभ रोग थियो जसका कारण उनको पूरा शरिर खुम्चिएको थियो । न त उनी बोल्न नै सक्थे न त हिँडडुल गर्न नै । जब स्यिफा पाँच महिनाका थिए तब उनको बुवाको मृत्यु भयो र आमाले दोस्रो विवाह गरिन् । बिरामी नाती एक्लै भएपछि टोटोन र उनकी श्रीमतीले उनको जिम्मेवारी लिए । तर श्रीमतीको मृत्यु भएपछि टोटोनले एक्लै आफ्नो नातीको स्याहार सुसार गरे ।

    खेतीमार्फत गर्दथे गुजाराः

    हुन त टोटोन अवकाशप्राप्त सैनिक थिए तर उनले कहिले पनि सरकारबाट कुनै पेन्सन पाएनन् । उनी खेतीबाट हुने आम्दानीबाटै घर चलाउँथे र नातीको औषधी खर्च टार्दथे । जब रोगी नातीसँगको तस्बिर मार्च महिनामा मिडियामा आयो तब इन्डोनेशियाली सरकाले उनको मद्दत गर्न तत्परता देखायो । अस्पतालमा भर्ना भएको केही दिन पछि नै अप्रिल सन् २०१६ मा स्यिफाको मृत्यु भयो । उनको अन्तिम यात्रामा देशका थुप्रै चर्चित व्यक्तित्व समावेश थिए । तर आफ्नो रोगी नातीका लागि जुन सेवा भाव र माया टोटोनले देखाए, त्यो तारिफयोग्य छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij