बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

खोलाको बीचमा अलपत्र बसेका बालकको पन्ध्र घण्टापछि जीवितै उद्धार

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • अरुणखोलाले बगाएर खोलाको बीचमा अलपत्र अवस्थामा बसेका एक बालकको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

    निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने वर्ष १० का रजिन सुनारी अरुण खोलाको बीच भागमा अलपत्र अवस्थामा अड्किएर बसेका थिए ।

    खोलामा पानीको बहाव बढेका कारण उनको सोमबार नै तत्काल उद्धार हुन सकेको थिएन । आज बिहान ६ बजे उनको रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीद्वारा सकुशल उद्धार गरिएको छ ।

    सोमबार दिउँसो करिब ३ बजेको समयमा अरुणखोलाको दोभानमा रहेको भन्टाकेको नारटोडी खोलामा पौडी खेल्ने क्रममा खोलामा एक्कासि पानी बढेर आउँदा उनलाई बगाएर अरुणखोलामा पुर्‍ायाएको हो ।

    पौडी खेलेको स्थानबाट झन्डै २०० मिटर तल अरुण खोलाको बीच भागमा थुप्रिएको बगरमा उनलाई आफन्तले देखेपनि उनको उद्धार गर्न सकिएको थिएन ।

    बालकले इशारा गरेर उद्धारका लागि आफन्तलाई बोलाए पनि खोलामा पानीको गति बढ्दो अवस्थामा रहेकाले खोलामा पस्न नसक्दा उनको आज बिहान मात्र उद्धार भएको स्थानीयवासी धनबहादुर ठाडाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij