प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४
तनहुँ गत वर्षको साउन २२ गते व्यास नगरपालिका स्थित शिव माविमा काजमा आएका अरनिको माविका शिक्षक रमेशबाबु भट्टराई आफ्नो गल्ती सच्चाउनुको अलवा पानी माथिको ओभानु बन्न खोजिरहेका छन् ।
शिक्षक भट्टराईले विद्यालय व्यवस्थापन समितिलाई राजनीतिक प्रतिशोधका कारण व्यक्तिगत पुर्वआग्रह राखी एक किसिमको कार्य गरिएको भन्न समेत पछि परेका छैनन् ।
उक्त विद्यालयले पाँच महिनाको काज सकिए पछि गत पौष २२ गते पुन सोही विद्यालयमा काज फिर्ता गरी हाजिर हुन पठाइएको थियो ।
जिशिका तनहूँले समेत साविकको पदमा काज फिर्ता पठाएपछि पनि शिक्षक भट्टराई विद्यालयमा हाजिर हुन नजानुले पनि शिक्षक भट्टराईको चरम लापरवाही देखिएको छ ।
जिशिका तनहूँको चंनं १७४५ मिति ०७३ फागुन १२ गते निज शिक्षक विद्यालयमा हाजिर भए नभएको जानकारीका साथ विद्यालय व्यवस्थापन समितिलाई ७ दिने पत्रचार भएको देखिन्छ ।
विद्यार्थीको शैक्षिक अधिकार माथि धोका भयो : विव्यस अध्यक्ष
अरनिको माविद्धारा प्रेस विज्ञप्ती जारी गदै शिक्षक रमेशबाबु भट्ट्राइले छ महिना सम्म विद्यार्थीको शैक्षिक अधिकार माथि धोका दिएको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाह, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुसिंह गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँद्धारा संयुक्त जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । उक्त अरनिको माविमा तृतीय श्रेणीको निमावि अंग्रेजी विषयको शिक्षक भट्टराईलाई जिशिका तनहूँले ०७३ साउन २२ गते देखि व्यासनपा स्थित शिव मावि दुम्सीमा काजमा खटाएको थियो ।
राजनीतिकको फोहोरी खेल बनाउन खोजियो : शिक्षक भट्टराई
उक्त विद्यालयका शिक्षक रमेश बावु भट्टराईले आफु प्रति पूर्वाग्रही, निराधार र कपोकल्पीत र निन्दनीय कार्य भएको बताएका छन् । शिक्षक भट्टराईले प्रेस विज्ञप्ती मार्फत सो कुराको जानकारी गराएका हुन् ।
उक्त विद्यालयले काज फिर्ताको पत्र आफु अस्वस्थ्य भएको अवस्थामा तीन महिना पछि प्राप्त भएको र स्वास्थ्य अनुकुल भएपछि वैशाख १४ र १५ लगातार विद्यालय उपस्थित हुदाँ विद्यालय व्यवस्थापन समितिले चुनावी बाताबरण बिग्रन सक्छ भनि राजनीति प्रतिशोध राखी हाजिर नगराएको एक विज्ञप्ती मार्फत जनाएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij