प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
प्रहरीले ग्वारखोलाको बाढीमा बग्दै गरेकी एकजना महिलाको उद्धार गरेको छ । तुलसीपुर ६ बरुवा गाउँ निवासी २१ बर्षीया कमला चौधरीलाई शनिवार दिउँसो ग्वारखोलाको बाढीले बगाउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।तुलसीपुर घोराही सडक खण्डबाट ग्वार खोला तर्दै गर्दा चौधरीलाई ग्वारखोलाले बगाएर पिच सडक देखि पाँचसय मिटर जति दक्षिणमा पु¥याएको अवस्थामा जीवत उद्धार गर्न सफल भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सञ्तोष रोकाले जानकारी दिए ।
मानसिक सन्तुलन ठीक नभएकी भनिएकी ती महिलालाई दिउँसो १ बजेतिर ग्वारखोलाले बगाएको थियो । चौधरीको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारभइरहेको छ । उनको श्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।प्रहरीेले अचेत अवस्थामा दुई दिन पहिले फेला पारेर अस्पताल पुर्याएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर बजारमा अचेत अवस्थामा फेला पारेर प्रहरीले ती महिलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल पुर्याएको थियो ।
तर उनको उपचारका क्रममा अचेत अवस्थामै शनिवार उपचारका क्रममा मृत्यु भएको छ । अन्दाजी ५५ वर्षीया जस्तो देखिने महिलाको नाम , ठेगाना केही पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि शव गृहमा राखिएको पनि प्रहरीले जनाएको छ । यसैविच प्रहरीले ती अपरिचित महिलाको आफन्त कोही भएमा सम्पर्कमा आउन आग्रह पनि गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij