मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’

  • प्रकाशित मिति : बिहिबार, असार २९, २०७४



  • चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । यो खबर विनिता ओझाले आजको राजधानीमा लेखेकी छन्।

    बाघलाई आहाराका रूपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६/६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जिबकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरूको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’

    हरेक पर्यटकले २ सय रुपैयाँ तिरेपछि आफ्नै हातले बाघलाई खाना खुवाउने व्यवस्था पनि छ । तर खाना आफैंले लान भने पाइँदैन। तोकिएको शुल्क तिरेपछि चिडियाघरले उपलब्ध गराएको खाना आफ्नै हातले बाघलाई दिन पाइन्छ । महर्जन भन्छन्, ‘सौखिनहरूका लागि आफैंले खाना खुवाउने व्यवस्था पनि गरेका छौं ।’

    पर्यटकका लागि आकर्षणको केन्द्र बनेको जाउलाखेलस्थित चिडियाखानामा वार्षिक १० लाखभन्दा बढी पर्यटक घुमफिरका लागि आउँछन् । चिडियाखानामा अहिले १ सय १२ जाति र ७ सय ८७ प्रजातिकाजीवजनावर छन् ।

    चिडियाखानामा रहेका पशुपन्छीहरूको अवस्था बुझ्न दैनिक चारपटकसम्म अवलोकनका लागि कर्मचारी परिचालन गरिन्छ । पशुपन्छीमा कुनै रोगको लक्षण देखापरे तुरुन्त पशुचिकित्सक बोलाई उपचारको व्यवस्था मिलाइन्छ। वर्षमा दुईपटक जुकाको औषधि खुवाउने गरिएको कर्मचारी टुकबहादुर खड्काले बताए ।

    ‘वर्षमा दुईपटक जुकाको औषधि खुवाउनुका साथै अन्य औषधि उपचारमा मात्रै वार्षिक ४ लाख खर्च हुने गरेको छ,’ टुकबहादुरले भने । पाटेबाघ मात्रै होइन, हात्ती चढ्न र हात्तीसँग खेल्न पनि उत्तिकै रमाउँछन् पर्यटक । धान, सक्खर, मिनरल मिक्स्चर, पराल, नुन, गाँजर, फर्सी, आलु, बन्दा, घाँस गरेर एक दिनमा ३२ केजीबराबरको खानेकुरा हात्तीलाई दिइने गरेको छ । अहिले चिडियाखानामाएउटा मात्र हात्ती छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij