प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
काठमाडौं, साउन ८ – कन्काई नदीमा पानीको सतह खतरा नजिकै पुगेको छ । नदीमा पानीको सतह बढेपछि झापाको सतासीधाम, सुरुगां, शिवगञ्ज, सर्नामाडी, पाँचगाछी, कुमरखोड, कोरोवाडी, र महाभारा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
अहिले त्यहाँ पानीको सतह तीन दशमलव ९४ मिटर पुगेको छ । चार दशमलव २० मिटर नाघे झापाको विभिन्न ठाउँमा बाढी जाने बाढी विज्ञ विनोद पराजुलीले बताउनुभयो ।
यसैबिच नदीमा पानीको बढ्ने बित्तिकै झापाका बासिन्दालाई उच्च सतर्कता अपनाउन शाखाले बाढी पूर्व सूचना पनि एसएमएस मार्फत पठाएको उहाँले बताउनुभयो । सावधानी अपनाउन आग्रह गर्दै शाखाले कम्तीमा तीन घण्टा अघि बाढीको पूर्व सूचना एसएमएस मार्फत पठाउन थालेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij