मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

रोल्पाका ग्रामीण सडक एक महिनादेखि अवरुद्ध, मर्मतको अभाव

  • प्रकाशित मिति : बिहिबार, असार २९, २०७४



  • रोल्पा ।  अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।

    सदरकमुकाम लिवाङ, घर्तीगाउँ र सुलिचौरवाट जिल्लाका ग्रामीण बस्तीसम्म साना सवारीसाधनबाट सेवा दिँदै आएका जलजला यातायात व्यवसायी समिति र जलजला यातायात प्रा।लि।का गाडीहरु बाटो अवरुद्ध हँुदा थन्किएर बसेका छन् ।

    पश्चिम रोल्पाको ओत, रांसी, तालावाङ, घर्तीगाउ, दुईखोली र वागमारा तथा उत्तरी रोल्पाको खरिवोट, टुटु र थवाङसम्म सेवा दिँदै आएको जलजला यातायात प्रा।लि।का गाडी बाटो अवरुद्ध हुँदा दुईखोली र तालावाङमा मात्र सीमित भएको जलजला यातायात प्रा।लि। रोल्पाका अध्यक्ष नन्दवहादुर पुनमगरले बताउनुभयो ।

    पूर्वी रोल्पाको सुलिचौरवाट गाम, सिर्प, जेल्वाङ, फुलिवन, अरेश, जुतुङखोला र पोवाङसम्म सेवा दिँदै आएको जलजला यातायात व्यवसायी समितिका गाडी बाटो अवरोधका कारण हाल पोवाङसम्म मात्र चल्ने गरेको समितिका अध्यक्ष तेजविक्रम रावतले जानकारी दिनुभयो ।

    जिल्लाको थवाङ–काठमाडाँै, थवाङ–घोराही, दुईखोली–घोराही, घर्तीगाउँ–घोराही, टिला –घोराही र चुनवाङ –घोराहीका लागि बससेवा सञ्चालन गरेको सो समितिले सडक अवरुद्ध भएका कारण सबै ठाउँको सेवा बन्द गरेको अध्यक्ष रावतले जानकारी दिनुभयो । पश्चिमोत्तर सडक निर्माण तथा मर्मतको जिम्मा शहिद मार्ग सडक आयोजनाले लिएको छ भने पूर्वमा रहेका सडकको निर्माण र मर्मत सडक डिभिजन कार्यालय, चकचके, प्यूठानले लिँदै आएको छ ।

    सडक डिभिजन कार्यालय र शहिदमार्ग सडक आयोजनासँग अविलम्ब सडक मर्मतका लागि समन्वय भएका कारण केही दिनमा सडक मर्मत हुनेमा आफूहरु आशावादी भएको जलजला यातायात व्यवसायी समितिका अध्यक्ष रावतले बताउनुभयो ।

    सडक मर्मतका लागि सम्बन्धित निकायमा आफूहरुले अनुरोध गरेको भएपनि सुनुवाइ नभएको यातायात व्यवसायीले बताएका छन् । बाटो मर्मतका लागि जनताबाट ठूलो दबाब आइरहेका कारण सम्बन्धित निकायले मर्मत नगरे यात्रुको चाप बढी हुने केही सडक व्यवसायी आफैँले मर्मत गरेर भएपनि यातायात सञ्चालन गर्ने जलजला प्रा।लि।का अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो ।

    वर्षात्का कारण सडकमा पहिरो गइरहेका कारण सबै स्थानमा गाडी चलाउने गरी सडक मर्मत गर्न असम्भव रहेको शहिद मार्ग सडक आयोजना, रोल्पाका कार्यालय प्रमुख सुबोध देवकोटाले बताउनुभयो । दुईखोलीसम्म गाडी नियमित चलाउनका लागि मेसिन चौबिसै घण्टा काममा लगाइएको उहाँले बताउनुभयो ।

    नयाँ कटिङका कारण झण्डै एक वर्षसम्म यस्तो समस्या भोग्नुपर्ने उहाँले बताउनुभयो । हाल जिल्ला सदरमुकाम लिवाङवाट लामो दूरीमा चल्ने गाडीहरु मात्र नियमित सञ्चालनमा आइरहेका छन् । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij