प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
नुवाकोट । दुई वर्षअघि निधन भएका पुर्वमन्त्री एवं तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई सम्झिँदै आज नुवाकोटमा पनि स्मृतिमा सभा गरिएको छ । नुवाकोटको तुप्चे घर भएका निष्ठावान एवं जनप्रिय नेता बोगटीको दुई वर्षअघि आजकै दिन हृदयघातपछि उपचारको क्रममा राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।
माओवादीभित्र इमान्दार नेताको छवि बनाएका उनको स्मृतिमा नेकपा माओवादी केन्द्र नुवाकोटले विदुरस्थित शाहीद प्रतिष्ठान नेपाल जिल्ला शाखा नुवाकोटको शहिद स्मृति भवनमा बिहिबार स्मृति सभाको आयोजना गरेको छ । स्मृति सभामा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज हितबहादुर तामाङ, जिल्ला संयोजक हिरानाथ खतिवडा, सहसंयोजक पुष्प लामिछाने, नेपाल दलित मुक्ती मोर्चाका ३ नम्वर संयोजक अमर बिक लगायतका नेताहरुसहित बोगटीका परिवार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
स्मृतिसभामा बोल्दै पुर्वमन्त्रीसमेत रहेका नेता हितबहादुर तामाङले माओवादी र अन्य राजनीतिक दलहरुले पनि बोगटी जस्ता नेताबाट निष्ठाको राजनीति सिक्न सक्नुपर्नेमा जोड दिए । माओवादीले निष्ठाको राजनीतिलाई अबलम्बन गर्न सकेमात्रै बोगटीप्रति सच्चा श्रद्धाञ्जली हुने पनि उहाँको भनाई थियो । यसैगरी माओवादी नुवाकोटका नेता पुष्प लामिछाने अरुणले नेता बोगटी दिवंगत रहेपनि समाजको स्मृतिमा रहन सफल भएको बताए । ‘पोष्टबहादुर बोगटी मरेर गएपनि पुस्तौँपुस्तासम्म बाँचिरहने योद्धा हुन्’, उनले भने ।
स्मृतिसभामा अधिकांश बक्ताहरुले बोगटीको उच्च ब्यक्तित्व, उनको जिवन र नेपालको कम्युनिष्ट आन्दोलन, नेपाली क्रान्ती र जनयुद्धमा उहाँले पु¥याउनु भएको योगदानको बिषयमा चर्चा गरेका थिए । नेपालको राजनीतिमा नेता बोगटीको इमान्दारिता ,निष्ठा, त्याग र समर्पणको प्रतिक मानिन्थे । नेपाली राजनीतिका हरेक राजनीतिकर्मीहरुले सादा जिवन उच्च बिचारको प्रर्तिमुर्ती मान्ने गर्छन ।
स्तोसुकै कठिन परिस्थितिमा पनि एकमात्र छोरा रबी बोगटीको युद्धकै क्रममा मारिँदासमेत बिचलित नभएका बोगटीले समाजको आमूल परिवर्तनकै लागि भनेर सञ्चालन भएको नेपाली क्रान्तिको नेतृत्व निरन्तर गरिरहेका थिए । हाल उनकी जिवनसंगिनी राममायाँ बोगटी व्यवस्थापिका संसदको साँसद छिन् भने दुई छोरीहरु प्रतिभा र प्रभा बोगटी राजनीतिमा नै सक्रिय छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij