मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

रामेछापमा खोलाले बगाउँदा एकको मृत्यु ५ बेपत्ता

  • प्रकाशित मिति : आइतवार, साउन १, २०७४



  • रामेछापको लिखु गाउँपालिका वडा नम्बर–२ को छत्याउनेखोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन्।

    शनिबार राति भारी वर्षासँगै खोलामा बाढी आउँदा खोलाकिनारमा बसेका मजदुरलाई बगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

    बगाएका मजदुरको अवस्था भने खुल्न सकेको छैन । सोही खोलाको बाढीले पुल र स्थानीयको घरसमेत बगाएको छ ।

    बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

    उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय खिम्तीको टोली घटनास्थल पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ ।

    बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij