प्रकाशित मिति : आइतवार, साउन १, २०७४
हेटौडा । हेटौँडा–कुलेखानी सडक खण्ड पर्ने सिस्नेरीको थिङ डाँडामा शनिबार गएको पहिरो डिभिजन सडक कार्यालयले आज हटाएपछि बिहानदेखि काठमाडाँै–हेटौँडाको यातायात सञ्चालनमा आएको छ ।
इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीको थिङ डाँडामा शनिबार पहिरो जाँदा कुलेखानी हुँदै सिस्नेरीतर्फको यातायात सेवा शनिबार रातिदेखि अवरुद्ध भएको थियो ।
सो बाटो अवरुद्ध भए पनि मदन भण्डारी राजपथअन्तर्गतको कुलेखानी– फाखेल सडकबाट हेटौँडा–काठमाडौँको यातायात सेवा भने सञ्चालन भइरहेको मकवानपुरका सहायक प्रजिअ हरिराज पन्तले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij