प्रकाशित मिति : सोमवार, साउन २, २०७४
झापा । सुरुङ्गा कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ ।
प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो ।
शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएका थिए । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij