प्रकाशित मिति : आइतवार, साउन ८, २०७४
निलम ओली , दाङ । मलेसीयामा काम गर्दै आएका दाङका भिम शेन खड्का करिब १९ दिन देखी संपर्क बिहिन छन । मलेसीयामाबाट ४ जुलाई मा घर फर्किन्छु भनेर हिंडेका खड्का अहिले सम्म संपर्कमा आएका छैनन ।
घोराहि १२ हापुर गुर्जे बस्ने २४ बर्षिय खड्का मलेसीयामा फेलेक्स ट्रोनिक्स शाह आलम एस.डि.एन.बि.एच.डि.पि.टि.पी कम्पनीमा कार्यरत थिए । १९ दिन देखी संपर्क बिहिन रहेका खड्काका परिवारमा चिन्ता बढेको छ । उनको परिवारमा छोरी र श्रीमती छन ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij