शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आठ वर्षको प्रयासपछि नेपालका ५३ जिल्ला साक्षर भएका

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  •   आठ वर्षको प्रयासपछि नेपालका ५३ जिल्ला साक्षर भएका छन् । तीमध्ये २९ जिल्लाले साक्षर भएको औपचारिक घोषणा गरिसकेका छन् भने २४ जिल्लाको घोषणा बाँकी छ ।
    अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले साक्षर जिल्ला भएको भनी घोषणा गर्नु ठूलो कुरा नभएको भन्दै साक्षर बनाउनु र साक्षरता तथ्याङ्कको सत्यता महत्वपूर्ण भएको बताउनुभयो ।
    सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान थालेको थियो । त्यस बेला १५ देखि ६० वर्ष उमेर समूहका ७८ लाख निरक्षर थिए । शिक्षा मन्त्रालयले दुई वर्षअघि निरक्षरता उन्मूलन वर्ष घोषणा गरी निरक्षरतालाई शून्यमा झार्ने योजना अगाडि सारेको थियो । त्यस बेला नेपालले पूर्ण साक्षर भएको मुलुकका रूपमा नाम सार्वजनिक गर्ने योजना बनाएको थियो । हालसम्म कुनै पनि मुलुकले आफू पूर्ण साक्षर भएको भनि औपचारिक घोषणा गरेको छैन ।
    संयुक्त राष्ट्रसङ्घले ९५ प्रतिशतभन्दा बढी साक्षर भएमा पूर्ण साक्षर भएको भनी घोषणा गर्न सकिने मापदण्ड लागू गरेको छ । सोही अनुरूप हालसम्ममा ५३ जिल्लाले आफू साक्षर भएको दाबी गरेका हुन् ।
    केन्द्रले अझै २२ जिल्ला पूर्ण साक्षर नभइसकेको जनाएको छ । ती अधिकांश जिल्लामा ९० प्रतिशतभन्दा कम साक्षर छन् । साक्षर हुन नसकेका धेरै जसो जिल्ला तराईका रहेका छन् । १५ देखि ६० वर्ष उमेर समूहका अझै तीन लाख निरक्षर रहेको अनुमान गरिएको छ । केन्द्रका निर्देशक ढुङ्गेलले यस वर्ष ती सबैलाई साक्षर बनाउन सम्भव नहुने स्पष्ट गर्नुभयो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij