शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

छोरी बोकेर इनारमा हामफल्दा छोरीको मृत्यु, आमाको उद्धार

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • सिरहा, घरायसी विवादका कारण दुधेबालकसहित इनारमा हामफल्दा एक बालिकाको ज्यान गएको छ । धनगढीमाई नपा–१२ विष्णुपुरका २८ बर्षीय हिरा खनाल आफ्ना एक बर्षीइ छोरी दिलिसालाई वोकेर घर अगाडी रहेका इनारमा हामफल्दा छोरीको इनारमा ज्यान गएको हो ।

    आमाको भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्याम ज्ञवाली बताए । हिराको श्रीमान धु्रव बैदेशिक रोजगारीको क्रममा दुवइमा छन् ।

    बालिकाको शव पोष्टमार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । आमा हिराकोपनि सोही अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

    त्यसैवीच प्रतिवन्धित लागु औषध कोरेक्स सहित जिल्ला प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मिर्चैया नगरपालीका ७ का २५ वर्षिय सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको हो ।

    साहको साथबाट ६ बोेतल कोरेक्स र उनी चडेको स. ६ प २१४७ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij