शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । बितेको आर्थिक वर्षमा २ लाख २६ हजार ९ सय २६ मेट्रिक टन खाद्यान्न उत्पादन भई जिल्लामा भएको खपत मात्रालाई कटाएर १९ हजार ९ सय ९३ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।बितेको आर्थिक वर्षमा दाङको ३६ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा १ लाख ४९ हजार ६ सय ९० मेट्रिक टन धान उत्पादन भएको छ, भने २३ हजार २ सय हेक्टर क्षेत्रफलमा ५१ हजार ९ सय २ मेट्रिक टन मकै उत्पादन भएको छ । यस्तै १२ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलबाट २५ हजार ३ सय १० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
    त्यसको साथै कोदो १५ मेट्रिक टन र जौँ ४९ मेट्रिक टन उत्पादन भएको छ । कुल २ लाख २६ हजार ९ सय २६ मेट्रिक टन खाद्यान्नमध्ये ६ हजार ५ सय ३ मेट्रिक टन बिउबिजन घटाउँदा २ लाख २० हजार ४ सय २३ मेट्रिक टन हुन आउने कृषि कार्यालयले बताएको छ । त्यसबाट कुटानी पिसानीबाट खेर गएको बाहेक १ लाख ४२ हजार २ सय ४७ मेट्रिक टन खाद्यान्न खानयोग्य रहेको कृषि कार्यालयको योजना शाखाले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij