मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

क्यान्सर रोगबाट कैदीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४



  • चितवन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा क्यान्सर रोगका कारण एक कैदीको मृत्यु भएको छ ।

    मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको आज बिहान करिब ५ बजेतिर मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए ।

    कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी भएका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको काफ्लेले जानकारी दिए ।

    क्यान्सर रोगबाट पीडित हुँदै गएपछि केन्द्रीय कारागार काठमाडौँबाट गएको असार १३ गते उनलाई चितवन ल्याइएको थियो । उनको क्यान्सर अस्पतालमा उपचार जारी थियो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १० वर्ष कैद तोकिएका उनले २ वर्ष मात्रै कैद भुक्तान गरेको जेलर काफ्लेको भनाइ छ ।

    यसअघि गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ ।

    भरतपुर कारागारमा अझै चारजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी ५६३ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij