प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४
पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ ।
जगतपुरबाट काठमाडौं जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
काठमाडाँै जान लागेका नातीलाई माइक्रोबसमा पठाउनका लागि आएकी भुजेलको सोही माइक्रोबसबसको ठक्करबाट शुक्रबार मृत्यु भएको हो ।
सहचालकले ब्याक गर्ने क्रममा पछाडि रहेकी वृद्धालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।
गीतानगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार माइक्रोबस सहितका चालक तथा सहचालक नियन्त्रणमा छन् भने मृतक बृद्धाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij