मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

इलाममा लाखे नाच सुरु

  • प्रकाशित मिति : शनिबार, साउन १४, २०७४



  • राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ ।

    नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् ।

    नेपाल भाषा तथा संस्कृति समाज इलामले आयोजना गरेको लाखे नाच धार्मिकस्थल माईथानदेखि सुरू भई मालापथ, चोकबजार, नवीन चोक, टुंडिखेल, धोबीधारा, नारायणस्थानलगायत विभिन्न स्थानको परिक्रमा गरिएको छ ।

    ‘संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले नाच सुरू गरेका हौं,’ नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले भन्नुभयो । नेवारी समुदायले मनाउने जात्रामा इलामका नेवारी समुदायका बासिन्दाको सहभागिता छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij