प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
नेपाली सेनाले शनिवार प्यूठानका बाढी पहिरो पिडितहरुलाई राहात वितरण गरेको छ । नेपाली सेना,सैनिक श्रीमती संघ र रोटरी क्लवले उपलब्ध गराएको राहात सामाग्री नेपाली सेनाले पिडित परिवारलाई वितरण गरेको हो ।प्यूठानको सबैभन्दा धेरै मानविय क्षति भएको फोप्ली गाविसको ३,४, ५ र ६ नम्वर वडाहरुमा पिडितको बस्तिमा पुगेर सेनाले राहात प्रदान गरेको हो । जहाँ २५ जनाको मृत्यु भएको थियो । फोप्लीमा खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका ७५ थरिका बस्तुहरु प्याकेज पिडित परिवारलाई प्रदान गरिएको हो ।
गोरख बक्स गण प्यूठानले उक्त राहात सामाग्री वितरणमा सहजीकरण गरेको हो । चामल, गेडागुडी, नुन , जीवन जल , चालचाउ , च्यूरा वितरण गरिएको छ भने लत्ता कपडामा कम्वल र त्रिपाल वितरण गरिएको छ ।
त्यस्तै दैनिक उपभोग्यका ७५ थरि सामाग्री वितरण गरिएको गोरख बक्स गण प्यूठानका गणपति हरिशबहादुर वमले जानकारी दिए । फोप्ली गाविसका चारवडाका गरि ७६ घर परिवार, लुङ गाविसका ९, पूँजा २, खवाङ २, अर्खा र माझकोट गरि एकएक जना पिडित परिवारलाई उक्त राहात सामाग्री वितरण गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij