मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

नवलपरासीको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

  • प्रकाशित मिति : सोमवार, साउन १६, २०७४



  • परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । आज विहान ५ बजे धाँसिएको एक खम्बामा चढेर अम्बा टिप्न खोज्दा खम्बामा बाँधिएको बिजुलीको नाङ्गो तारले करेन्ट लागेर सो बालिकाको मृत्यु भएको हो ।

    करेन्ट लागेर गम्भीर घाईते भएकि बालिकालाई अस्पताला लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगञ्जले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ कुश्मा निवासी १२ वर्षीया आरती हरिजन (जुगुनी) रहेको बताएको छ । गाउँको सडकको छेउमा खोलिएकार कुखुरा फारममा तानिएको तारहरु उक्त खम्बामा बेरिएका थिए । बेरिएका तारहरुमध्ये एउटा तार नाङ्गो थियो जसले बालिकालाई करेन्ट लागेको हो । बालिका हरिजन सोही गाउँ स्थित श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत थिइन् ।

    त्यसैगरि सरावल गाउँपालिकाको वडा नं. ७ स्थित भुजहवामा एक युवक रुखबाट खसेर मृत्यु भएका छन् ।

    साँझ ५ बजेको समयमामा सिसौको रुखमा चढेर रुखको हाँगा काटिरहँदा खुट्टा चिप्लिएर युवक खसेपछि घटना स्थलमै उनको मृत्यु भएको भुजहवाँ प्रहरी चौकीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सरवाल ७ भुजहवाँ निवासी करिब २९ वर्षीय चाँद हुसैन रहेको जानकारी दिएको छ ।  

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij